कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै

कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा युवाहरूको संगठन कक्रोच जनता पार्टीले शनिबार राजधानी नयाँ दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको कक्रोच पिपल्स पार्टीले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको हो ।

भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि शनिबारको प्रदर्शनमा सहभागी हुनेछन् ।

पार्टीका संस्थापक अभिजीत दिप्के अमेरिकाबाट नयाँदिल्ली पुगेका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक दिप्केले इन्स्टाग्राममा सार्वजनिक एउटा भिडियो सन्देशमा आफ्ना समर्थक र विद्यार्थीलाई दिल्लीमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

उनी यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिएका थिए । उनले मे १६ मा व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी (सिजेपी) स्थापना गरेका हुन् ।

यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि शुरु भएको थियो । कक्रोच जनता पाटीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ ।

दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् ।

भारतीय समाचार संस्था पीटीआईले परीक्षासँग सम्बन्धित कैयौँ कथित अनियमितताका विषयमा त्यहाँका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीले आफूहरूको उद्देश्य भारतको राजनीतिक बहसको शैली परिवर्तन गर्नु रहेको जनाएको छ।