त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाइएको बताए । दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले निवेदन दिएका छन् ।

उनले आफ्नो नियुक्तिको ४ महिनाभन्दा बढीको अवधिमा विश्वविद्यालयको रूपान्तरणका लागि आवश्यक नीति तथा कार्यक्रम त्रिवि सभाबाट पारित गराइसकिएको जानकारी दिए । विश्वविद्यालयले यसबीचमा अध्ययन बिदामा गएर नफर्किएका कर्मचारी तथा प्राध्यापकबाट हालसम्म २१ करोड असुल गरेको छ ।

त्रिविले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउनुका साथै समयमै परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत उत्तरपुस्तिका परीक्षण गराइरहेको छ ।