काठमाण्डु – भारतमा युवाहरूको संगठन कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार राजधानी नयाँ दिल्लीमा प्रदर्शन सुरु गरेको छ ।
विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको कक्रोच पिपल्स पार्टीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानविरुद्ध नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेको हो ।
पार्टीका संस्थापक अभिजीत दीपक प्रदर्शमा भाग लिन शनिबार बिहान अमेरिकाबाट नयाँ दिल्ली आइपुगेका हुन् । प्रदर्शमा हजारौं मानिस सरकार विरोध नारा लगाइरहेका छन्। ‘शिक्षामन्त्री, प्रधानमन्त्री मोदीले राजीनामा देउ’ माग प्रदर्शनकारीहरूले गरेका छन्।
भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि शनिबारको प्रदर्शनमा सहभागी भएका छन् ।
जन्तरमन्तरमा प्रधानन्यायाधीशमाथि पहिलो विरोध प्रदर्शन हो। यो विरोध एनइइटी–यूजी पेपर लीक र सिबिएसई, सियूईटी र एसएससी-जिडी जस्ता परीक्षाहरूमा भएको अनियमितताको विरुद्ध भएको पार्टीले जनाएको छ ।
सीजेपीको अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि सुरु भएको हो । कक्रोच जनता पाटीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ ।








प्रतिक्रिया