जाडोमा लिनु पर्ने सावधानी,जानी राखौं


काठमाडौं – जाडो महिनामा रक्त धमनीहरु खुम्चिने कारणले गर्दा मुटुसम्बन्धी विभिन्न समस्या बढ्छन् । आम मानिसहरुको तुलनामा धेरै तनाव लिने, धुम्रपान गर्ने तथा मुटु वा अन्य रोगबाट पीडित भएका मानिसहरुमा यसको खतरा धेरै हुन्छ । त्यसैले जाडोमा मुटु तथा रक्तरोगको खतराबाट जोगिन होसियारी अपनाउनुपर्छ ।

न्यायो कपडा नलगाउनु, बिहानबिहानै चिसोमा घुमफिर गर्नु, धेरै चिसो पानी पिउनु, अधिक व्यायाम गर्नु, धेरै नुनिलो तथा चिल्लो खानेकुरा खानु जाडो याममा हानिकारक हुन्छ । जाडोमा स्वास्थ्यमा लापरवाही गर्नाले स्वास फूल्ने, छाति दुख्ने, घबराहट हुनेजस्ता लक्षण देखा पर्दछन् । यसले हार्ट फेल वा हृदयाघात हुने परिणाम आउन सक्छ ।

खासगरी ४० वर्षभन्दा धेरै उमेरका, मोटोपना तथा तनावग्रस्त मानिसहरु जाडो याममा मुटुरोगको बढी जोखिममा हुन्छन् । उच्च रक्तचाप, दम, मधुमेह र धुमपान-मद्यपान गर्ने मानिसहरु पनि उच्च जोखिममा रहन्छन् । जाडो याममा रगत तथा मुटुसम्बन्धी समस्याबाट जोगिनका लागि निम्न उपाय अपनाउनु पर्दछ :

 पानी प्रशस्त्र पिउने – शरीरमा पानीको मात्रा प्रशस्त्र भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखीम कम हुन्छ ।

 व्वारम अप गर्ने – शारीरिक व्यायाम गर्नु भन्दा अघि ५(१० मिनेट शरीरलाई सक्रिय बनाउने अनि व्यायाम सुरु गर्ने ।

 हिंडाइको गति कम गर्ने – चिसोमा मुटुको जोखिम घटाउन हिंडाइको गति कम गरेर,हिंडाइको अवधि बढाउनु,सुरक्षित उपाय हुन्छ ।
 चिसो हावा र पानी परेको बेलामा – यस्तो बेलामा घर बाहिर व्यायाम गर्न निस्कनु हुंदैन ।

 मदिरा र चुरोटको सेवन – जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन बढाउंने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
 धेरै चिल्लो खाना – जाडोमा कोलस्ट्रोल बढ्ने हुनाले,धेरै चिल्लो,फ्राई,पार्टीको भोजको बेलामा सर्तक रहनु पर्छ ।

 सुगर,प्रेसर, कोलस्ट्रोलको राम्रो नियन्त्रणमा – जाडो महिनामा प्रेस र कोलस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जांच र नियन्त्तण गर्न जरुरी छ ।
 चिसोमा हिड्दा छाति दुख्नु – मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढि देखिन्छ, र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

औषधिको नियमित प्रयोग – मुटुरोग,प्रेसर,सुगर, कोलस्ट्रोल आदिको औषधी नछुटाइकन नियमित खानु पर्छ ।
व्यायामको वेलामा चिसोबाट सुरक्षा – यसको लागी प्रर्याप्त लुगा लगाएर विशेष गरेर टाउको,कान,हात छापेर हिड्नु पर्छ ।  डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ

प्रतिक्रिया दिनुहोस
Advertisement