कोलम्बो प्रोसेस मन्त्रिस्तरीय बैठक काठमाडौंमा सुरु


काठमाडौं – आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता रहेको छ ।

कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन् । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने छ ।

आजको बैठकमा उच्च पदस्थ अधिकारीहरु सहभागि भएका छन् । भोली मन्त्रिस्तरिय बैठक हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement