‘कमेडी च्याम्पियन-२’ को ग्रान्ड फिनाले आज : को बन्ला च्याम्पियन ?


काठमाण्डु – नेपालकै पहिलो रियालिटी सो कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुने भएको छ । स्ट्यान्ड–अप कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन – २ को ग्रान्ड फिनाले आज बेलुका हुन लागेको निर्देशक विशाल भण्डारीले बताएका छन् ।

ग्रान्ड फिनालेमा ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका छन् । यी तीन जनामध्ये भोटिङका आधारमा एकजना कमेडी च्‍याम्पियन छानिनेछन् । विजेताले कार र २५ लाख नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः बाइक र स्कुटर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

साढे ११ बजेसम्म दर्शकले कमेडी च्याम्पियन सिजन दुईको विजेता पाउनेछन् । विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ । ग्रान्ड फिनाले चाहिँ कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटलमा हेर्न पाइने नर्देशक भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement