कमेडी च्याम्पियन : भरतमणिसँगै विक्की र सन्तोष फाइनलमा, हिक्मत बाहिरिए


काठमाण्डु – कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट हिक्मत महरा बाहिरिएका छन् ।

सेमिफाइनमा दिएको प्रस्तुतीको आधारमा  भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाको भन्दा कम भोट पाउँदै उनी बाहिरिएका हुन् । कञ्चनपुरका हिक्मतले वाइल्ड कार्ड इन्ट्री पाउँदै पुनः प्रतिस्पर्धामा सहभागी हुने मौका पाएका थिए ।

तर, सेमिफाइनलबाट नै ‘कमेडी च्याम्पियन’ मा उनको यात्रा सकिएको छ । हिक्मत आउट भएसँगै भारतकाे सिक्किमका विक्की र गोरखाका थापा फाइनलमा पुग्न सफल भएका छन्।

कमेडी च्याम्पियनले यसबारै औपचारिक घोषणा भने गरेको छैन । कमेडी च्याम्पियनको यो हप्ता प्रसारण हुने एपिसोड छायाङ्कन भइसकेको छ । अब फाइनलमा भरतमणि सँगै विक्की अग्रवाल र सन्तोष थापा भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement