द्वन्द्वपीडितलाई सरकार न्याय दिन प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं – पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी दिएका छन् ।

सोमबारबाट राजधानीमा सुरु भएको ‘एसियामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौति र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तिको काम पनि अघि बढाइएको स्पष्ट पारे ।

दुवै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द्व पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement