काठमाण्डु– नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। सभापति गगन थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा अधिवेशनको मिति सार्वजनिक गरेका हुन्।
थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन हुनेछ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म गर्ने तयारी गरिएको उनले जानकारी दिए।
कांग्रेसले यसअघि असोज १६ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर, प्रदेश र जिल्ला अधिवेशन भने हुन बाँकी छ।


प्रतिक्रिया