संसदको वर्षे अधिवेशन आजबाट सुरु, कांग्रेसले दियो यस्तो चेतावनी


हेटौंडा – प्रमुख प्रतिपक्षी दल कांग्रेसले आजबाट सुरु हुन लागेको प्रदेश ३ को वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आजबाट सुरु हुन लागेको वर्षे अधिवेशनमा प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए प्रदेश ३ को संसद् अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको हाे ।

प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परे पनि प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन । सत्तारुढ दल नेकपामै पनि राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न सकेको छैन । यसबारे मतान्तर कायम रहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले दबावस्वरुप संसद् अवरुद्धको तयारी गरेको हो ।

यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।संसद् बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement