तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय


काठमाण्डु – नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको हो । साथै बैठकले उक्त तिन दिन श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांगेसले जनाएको छ ।

उपचाररत कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा  निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement