कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची: आरजु र मञ्जुको नाम पछि सारियो


काठमाण्डु- नेपाली कांग्रेसभित्र समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहमुले समानुपातिकमा संस्थापन पक्षले मनोमानी ढंगले नाम राखेको बताउँदै विरोध जनाएको थियो ।

त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा समानुपातिकको बन्दसूची संशोधन गर्न तयारी भएका हुन् । जसअनुसार वर्तमान प्रधानमन्त्री समेत रहेका देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको हो ।

संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र कोइराला समूहले भने जस्तो पनि नभएको स्रोतका दावी छ । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ ।

सहमति जुटेपछि नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको अन्तिम सूचीको निर्वाचन आयोगमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement