क्रिकेट मैदानका लागि बजेट छुट्याउन कांग्रेस नेता भण्डारीको माग


काठमाण्डु- नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौंदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए। उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement