पूर्व महान्यायाधिवक्ता खाती बने कांग्रेसको निर्वाचन समिति संयोजक


काठमाण्डु – पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक बनेका छन् ।

सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका छन् ।

खाती नेपाल बार एशोसिएशनका पूर्व महासचिव, पूर्व महान्यायाधिवक्ता तथा निर्वाचन समितिका पूर्व सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement