महामन्त्रीको संयोजकत्वमा कांग्रेसको उपनिर्वाचन संयोजन समिति गठन

महामन्त्रीको संयोजकत्वमा कांग्रेसको उपनिर्वाचन संयोजन समिति गठन


काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समितिको सदस्यमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् ।

स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । ३ स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ३९ रिक्त पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।