लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलको सचेतकमा श्रेष्ठ नियुक्त

लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलको सचेतकमा श्रेष्ठ नियुक्त


काठमाण्डु – लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बुधबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेको जानकारी दिएकी छन् ।