काठमाण्डु– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।
पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाण्डु महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै एक महिने अभियान सुरु गरेका हुन् ।
क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्।
देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया