कांग्रेसकाे आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, आदेश आउँदै

कांग्रेसकाे आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, आदेश आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट आजै आदेश आउने सम्भावना छ ।

न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस सकिएपछि आदेश आउन लागेको हो ।

यसअघि बिहीबार रिट निवेदकको पक्षबाट बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहीबार र शुक्रबार देउवाको तर्फका कानून व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको थियो ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा र उनको केन्द्रीय समितिलाई विपक्षी बनाई तत्कालीन सभापति देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काको वारेसमा ४ माघमा श्रवणकुमार श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तथा नयाँ कार्यसमिति अवैध ठहर गर्न माग गरिएको थियो ।