कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक जारी रहेको छ।

बैठकमा संसदीय दलको विधानबारे छलफल भइरहेको छ। आज कांग्रेस संसदीय दलको नेताका लागि चुनाव गर्ने कार्यक्रम छ।

शुक्रबार अपराह्न ३ बजेबाट संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता सुरु हुने भएको छ।

त्यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल चलेको हो।