महाधिवेशनका लागि कांग्रेसले निर्वाचन अधिकृतसँग पर्सि जूम बैठक गर्ने

महाधिवेशनका लागि कांग्रेसले निर्वाचन अधिकृतसँग पर्सि जूम बैठक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका क्रममा विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूसँग केन्द्रीय निर्वाचन समितिले जूम बैठक आयोजना गर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ ६ गते दिउँसो ४ बजे निर्वाचन अधिकृतहरूसँग जूम बैठक राखिएको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६–१९ गतेसम्म सम्पन्न हुँदैछ । महाधिवेशनका सन्दर्भमा केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतहरू तोकिएका छन् ।

समितिले सम्बन्धित सबै सरोकारवालालाई जुम बैठकमा सहभागी हुन अनुरोध गरेको छ । बैठकको जूम आईडी ह्वाट्सएप समूहमा पठाइने समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा बैठकमा सहभागी हुन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।