काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । सोमबार साँझ क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्यहरूबीचको बैठकले विवाद समाधान गरेको हो ।
विवाद टुंगो लागेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको छ ।
नेतृत्वले महाधिवेशनको संघारमा सदस्यता विवाद नै टुंगो लगाउन नसकेपछि पार्टी कार्यालयमा दिनहुँ धर्ना र विरोध प्रदर्शन हुदै आइरहेको थियो भने यसलाई छिटो टुङ्ग्याउनु पर्ने भन्दै नेताहरूले नै नेतृत्वलाई दबाब दिँदै आएका थिए ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले आजमात्र प्रतिवेदन बुझाएको हो ।
कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।




प्रतिक्रिया