नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिदैँ


काठमाण्डु –  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदैछ। बुधबार अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै बैठक समापन हुनेछ। त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग केन्द्रीय समिति बैठकबाट गर्ने निर्णयहरुबारे छलफल गर्नेछन्।

साउन २ गतेदेखि सुरू भएकाे बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला,सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने र सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement