कांग्रेस केन्द्रीय समिति बैठक जारी : यस्ता छन् बैठकका एजेन्डा ?


काठमाडौं – पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । जारी बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासंगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आएका छन् । सर्वसहमति भए डा. कोइराला र देउवासंग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ । महामन्त्री कोइरालाले सर्वसम्मत पाए मात्र संसदीय दलको नेता बन्ने बताए पनि दलको नेतामा देउवाले दावी नछोड्ने भएपछि देउवा र सिंहबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement