वाम गठबन्धनका कारण काँग्रेस पराजय : ज्ञानेन्द्रबहादुर कार्की


इटहरी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएका बताएका छन् । मंगलबार सुनसरीको धरानमा काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा पराजयकाे कारण वाम गठबन्धन भएकाे बताएका हुन् ।

उनले दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र काँग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबी गरे । नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिए ।

कांग्रेसलार्इ अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सोही अवसरमा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पार्टी छोडेर असहयोग गर्ने गैरकाँग्रेसीलाई समेत क्रियाशील सदस्यता वितरण भएको भन्दै यस्तो कार्यको अन्त हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement