कांग्रेसको दोस्रो जागरण अभियान आजबाट


काठमाडौं – नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको आज मंगलबारदेखी देशभर एकसाथ प्रारम्भ भएको छ। विपि कोइरालाको १ सय ६ औं जन्म जयन्तीको सन्र्दभमा देशभर ३४हजार ९ सय ८० बिरुवा रोपेर सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियान सुरु गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि तोकिएका ३ सय ३० प्रतिनिधिहरु आज बिहानसम्म जिम्मेवारी तोकिएको क्षेत्रमा पुगिसक्ने प्रवक्ता शर्माले जानकारी दिए ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षा लगायतका कार्यक्रम हुने उनले जानकारी दिए । १५ दिने जागरण अभियान असोज ७ गते सम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement