उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी सभापति देउवालाई


काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठक बिभिन्न पाँच वटा निणर्य गर्दै सकिएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले मंसिर ४ गते हुने संघीय निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निणर्य गरेको हो ।

त्यस्तै आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निणर्य गरेको हो ।  त्यस्तै संघीय निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।

त्यस्तै आजको बैठकले प्रक्रिया पुर्याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान २०७९ भ्राद २ गतेदेखि गर्ने निणर्य गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement