गोविन्दराज जोशीको उम्मेदवारी खारेज, रामचन्द्रलाई राहत


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध बागी उम्मेदवारी दिएका नेता गोविन्दराज जोशीको मनोनयन खारेजी भएको छ।

 

 

पौडेलले जोशीविरुद्ध उजुरी दिएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

 

 

विशेष अदालतले भ्रष्टाचार ठहर गरेका र उक्त फैसला अन्तिम भएको उजुरीलाई आधार मान्दै आयोगले शनिबार जोशीको उम्मेदवारी खारेजी गरेको जनाएको छ।

 

 

विशेष अदालतले भ्रष्टाचारी ठहर भएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने दाबी गर्दै पौडलले गत शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा जोशीविरुद्ध उजुरी दर्ता गराएका थिए।

 

 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा भ्रष्टाचार ठहर भएको व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ।

 

 

 

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री जोशीले तनहुँ–१ बाट पौडेल विरूद्ध उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement