सभामुख-उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय


काठमाण्डु- नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । बिहीबार धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको जनाइएको छ । पाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन फुटाएर नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहितका अन्य साना दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, उनै प्रचण्डलाई संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement