चीनसँग भएको सहमति नेपालले कार्यान्वयन गर्ने : नेता नेपाल


काठमाडाैँ-  नेकपा एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेपालले नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने  बताएका हुन् ।

‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहेका नेता नेपालले यसबाट नेपालले लाभ लिने दावी गरे । उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुन लागेको एकताले चीन खुशी भएको उनले बताए ।
‘दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुशी हुनुभयो । एकता घोषणासभाका लागिसमेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौँ’, उनले भने, ‘उहाँहरु एकताको बेला नेपाल आउने कुरा गर्नुभएको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement