संविधान दिवस : कलाकारिता क्षेत्रमा कसलाई कुन पदक ?


काठमाण्डु – सरकारले संविधान दिवसका अवसरमा हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यो वर्ष पनि सरकारले ९०३ जनालाई विभिन्न पदकद्धारा सम्मान गर्ने घोषणा गरेको छ । जसमा फिल्म तथा संगीत क्षेत्रका २४ जनाको नाम समावेश छ ।

सरकारले स्वर्गिय स्वर सम्राट नारायण गोपाललाई यसवर्षको ‘महाउज्जवल राष्ट्रदीप’ बाट सम्मान गर्ने निर्णय गरेको छ । साथै संगीतकार शम्भुजित बास्कोटा ’कीर्तिमय राष्ट्रदीप’ बाट विभुषित हुने भएका छन् ।

 कसलाई कुन पदक ?

सुप्रवल जनसेवाश्री पदक

–गीतकार कालीप्रसाद रिजाल

–भजन शिरोमणि भक्तराज आचार्य

–अभिनेत्री गौरी मल्ल ।

प्रवल जनसेवाश्री पदक पाउनेमा–

–रमेश बुढाथोकी

–दीपाश्री निरौला

–हेमन्त बुढाथोकी

–चन्द्रराज शर्मा

–कुलेन्द्र विश्वकर्मा

–देविका प्रधान

–नवल खड्का ।

– विष्णु माझी

जनसेवाश्री

–दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीर

–निर्देशक मिलन चाम्स

–गायक नवीनकुमार पौड्याल

–कलाकार सुजल बम

–शिवशंकर रिजाल

–राजकुमार राई

–गायिका राधिका हमाल

–रन्जु झा ।

–गायक हेमन्त शर्मा

–गायक प्रकाश सपूत

–अभिनेत्री केकी अधिकारी

–अभिनेता अनमोल केसी

–हाँस्य कलाकार कमल गाउँले ।

प्रतिक्रिया दिनुहोस
Advertisement