प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्काे बैठक बस्दै


काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार बसेको परिषद् बैठकले सहमति जुटाउन नसकेपछि आज फेरि बस्न लागेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद् बैठक बस्न लागेको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अघि नयाँ नाम सिफारिस गरिसक्नुपर्ने प्रावधान छ । आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
Advertisement