काठमाण्डु– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिका सचिवदेखि सभापति सबैमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
बुधबार समितिको बैठकमा बोल्दै पाण्डेले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी मात्र नभएर षड्यन्त्र समेत भएकोले छानबिन हुनुपर्ने बताएका हुन् ।
‘विषय समितिको सभापतिमाथि उठेकाले समितिले आन्तरिक छानबिन गरेर हुँदैन। उच्चस्तरीय समिति बनाउनुपर्छ र सबैमाथि छानबिन हुनुपर्छ,’ उनले भने।
सभापतिले राजीनामा दिने नदिने उनको व्यक्तिगत कुरा भएको पाण्डेले बताए।
‘नैतिकताका विषय व्यक्तिगत उहाँले नै प्रदर्शन गर्ने हो । विश्वास, माया, आदर भन्ने मागेर पाइने होइन। कुलिङ पिरियड राख्नुपर्छ भनेर सबैभन्दा बढी बोल्ने उहाँ नै हो। फेरि हस्ताक्षर उहाँकै छ,’ पाण्डेले भने।
पाण्डेले संसदबाट पारित भएको विधेयकमा सच्याउनका लागि समितले तत्काल पहल गर्नुपर्ने बताए।
प्रतिक्रिया