शनिबार ७४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु- देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज देशभर ११६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement