घट्दै कोरोना ग्राफ : ८०२३ जनामा संक्रमण पुष्टि हुँदा ६८९१ डिस्चार्ज

घट्दै कोरोना ग्राफ : ८०२३ जनामा संक्रमण पुष्टि हुँदा ६८९१ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ पीसीआर परीक्षण र र ६सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हालसम्म ४ लाख ७६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ ।

योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।