३०७५ जना कोरोना संक्रमित थपिए


काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ३६ जनाको परीक्षण गर्दा तीन हजार ७५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement