आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने, के-के गर्न पाईंदैन ? (सूचनासहित)


काठमाण्डु – मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण रोकथाम   गर्न जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयन मंगलबार रातीदेखि लागू हुने भएको छ । ती आदेशलाई आज मध्यरातीदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय काठमाण्डु उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले गरेका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डुका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए । त्यसैगरी उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको हाे । यो रोक माघ मसान्तसम्म लागू हुनेछ। यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहनेछ ।

यस्तो छ काठमाण्डु प्रशासनबाट जारी आदेश:

प्रतिक्रिया दिनुहोस
Advertisement