कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी


काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै उजुरी परेको छ । महामारीमा पनि उपभोक्ता माथि पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै पीसीआर र एन्टिजेन परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ । ‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उक्त उजुरीमा भनिएको छ ।

निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर टेष्ट बापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको जनाइएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement