बुधबार २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । यस्तै कोरोना संकमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement