कोरोनो भाइरसमाथि ठट्टा गरेकोमा टोटेनहमका खेलाडीले मागे माफी


एजेन्सी – नयाँ कोरोनोभाइरसको विषयलाई लिएर सामाजिक संजालमा ठट्टा गरेकोमा टोटेनहम हटस्परका मिडफिल्डर डेल अल्लीले माफी मागेका छन् । ठट्टा गरेकोमा आफूले आफू र क्लबलाई तल पारेको भन्दै माफी मागेका छन् ।

२३ वर्षीय अल्लीले स्न्यापच्याटमा एउटा भिडिओ राख्दै कोरोनोभाइरसको महामारीलाई हाँसोमा उडाउँदै र एक एसियाली पुरुषको खिल्ली उडाएका थिए ।

पछि गएर उनले उक्त पोस्ट हटाउँदै चिनियाँ सामाजिक संजाल विबिबोमा अर्को भिडिओ पोस्ट गर्दै माफी मागेका हुन् ।

यो पोस्टपछि फुटबल एसोसिएसनले अल्लीसँग घटनाका बारेमा उनको दृष्टिकोण माग गरेको छ ।
चीनमा हालैका दिनमा फैलिरहेको कोरोना भाइरसका कारण १००० भन्दा बढीको ज्यान गइसकेको छ भने ४० हजार भन्दा बढी संक्रमण भएको पुष्टि भइसकेको छ ।

अल्लीले पोस्ट गरेको भिडिओमा उनलाई विमानस्थलको लङमा मास्क लगाएको देख्न सकिन्छ । त्यसपछि उनले एसियाली मूलका मानिसको अनुहार क्यामरामा देखाउँछन् र पछि एन्टिसेप्टिक ह्यान्ड वासको बोतललाई जुम गर्छन् ।

यो वास्तवमै राम्रो नभएकाले आपूmले यसलाई तुरुन्तै महशुस गरेका रहटाएको उनले बताए । यो घटा्नाटबा आफैंलाई र क्लबलाई तल झार्ने काम गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement