सुदूरपश्चिम र कपिलवस्तुमा थपिए २२ जना संक्रमित


काठमाडौं – सुदूरपश्चिम र कपिलवस्तुमा बिहीबार थप २२ जना कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमित हुनेहरुमा धनगढी फुलवारीकी २५ बर्षीया युवती र २६ बर्षीय पुरुष, घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्स्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संक्रमित हुनेहरुमा वडा नं.३ का२ पुरुष, वडा नं. ६ का ५ पुरुष वडा नं. ७ का १ पुरुष, वडा नं. १० का ८ पुरुष र वडा नं. ११ का १ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement