बिहीबार ३९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार १२ जना कोरोना संक्रमित निको भएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement