आजदेखि देशभर मास्क अभियान सुरु


काठमाण्डु- आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रवार अभियान सञ्चालन गर्न थालेको हो ।

एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ ।  जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्त्वबारे जानकारी गराउन अभियान सुरु गर्नु परेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए ।

कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनुपर्ने उनको भनाइ छ । सङ्क्रमण दिनानुदिन बढे पनि धेरैले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । मन्त्रालयकाअनुसार स्वास्थ्य स्वयंसेविकामार्फत गाउँटोलमा मास्कको महत्त्वबारे सिकाइने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement