बुधवार थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement