कर्मचारीमा कोरोना देखिएपछि यातायात मन्त्री मन्त्रिपरिषद् बैठकमा अनुपस्थित


काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका उच्च तहका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा बसेका छन् ।

आफूसँगै हेलमेल भएका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित रहेका छन् ।

मन्त्री नेम्वाङ र तीन कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरुको स्वाव संकलन भइसकेको छ । संक्रमित कर्मचारी अस्पतालको आइसोलेसनमा रहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement