सेनाद्वारा ४६८२ जना कोरोना संक्रमितको शव व्यवस्थापन


काठमाण्डु – नेपाली सेनाले ४ हजार ६ सय सय ८२ कोरोना भाइरसबाट संक्रमितको शव व्यवस्थापन गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले ४ हजार ६ सय सय ८२ कोरोना भाइरसबाट संक्रमितको शव व्यवस्थापन गरेको जानकारी दिए ।

उनकाअनुसार मध्य पश्‍िचम पृतनाले सबैभन्दा बढी ५ सय २५ जना संक्रमितको शव व्यवस्थापन गरेको छ ।

त्यस्तै पूर्वी पृतना ५ सय ६, मध्य पृतना ३ सय ५९ , उत्तर पश्‍चिम पृतना २ सय ६८, पश्‍चिम पृतना २ सय ९१, सुदुर पश्‍चिम पृतना २ सय ४ र मध्य पूर्वी पृतनाले १ सय ७९ संक्रमितको शव व्यवस्थापन गरेको छ ।

त्यसैगरी उपत्यका पृतनाले वैशाख २८ गते सम्म २ हजार ३ सय ५० शवको व्यवस्थापन गरेको छ । सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने भिन्नता देखिएको छ । मन्त्रालयले हालसम्म चार हजार ८४ संक्रमितको मृत्यु भएको जनाएको भएपनि सेनाले ४६८२ जनाको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement