कोरोना भाइरसबाट २१ वर्षीय फूटबल कोचको निधन


एजेन्सी – लिउकेमियाबाट समेत बिरामी भएका २१ वर्षीय स्पेनिस फूटबल कोचको कोरोनाभाइरसबाट मृत्यु भएको द इन्डिपेन्डेन्ले जनाएको छ ।

मालागा क्लब एटलेटिको पोर्टाडा अल्टामा युवा टोलीका प्रशिक्षक रहेका फ्रान्सिस्को गार्सिया भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि उनलाई क्यान्सर समेत भएको फेला परेको द इन्डिपेन्डेन्टले जनाएको छ ।

स्वास्प्रश्वासमा समस्या देखिएपछि उनलाई चिकित्सा सहयोग लिनका लागि सल्लाह दिइएको स्पेनिस अखबार मालागमा होइले जनाएको छ ।

गार्सियालाई कोरोनाभाइरस र निमोनिया मात्रै नभइ उनी लिउकेमियाबाट पनि पीडित भएको द इन्डिपेन्डेन्टले जनाएको छ ।

एटलेटिको पोर्टाडाका अध्यक्ष रहेका पेप बुइनोले आइतबार अस्पतालबाट फोन आएको र उनको अवस्था स्थिर रहेको बताइएको बताएका थिए ।

तर १ घन्टाकै अवधिमा आफूलाई फ्रान्सिस्कोको अवस्था व्यापक बिग्रेको सूचित गरिएको समाचारमा उल्लेख गरिएको छ ।

‘म यो विश्वास गर्दिन । यो मेरा लागि असम्भवनै हो,’ बुइनोले बताएको इन्डिपेन्डेन्टले प्रकाशित गरेको छ ।

मालागाम भाइरसबाट मृत्यु हुनेमा गार्सिया सबैभन्दा थोरैै उमेरका व्यक्ति हुन् । त्यहाँ कोरोनाबाट मृत्यु हुने अन्य सबै ४ व्यक्ति ७० माथिका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement