सेनाले ३१ घण्टापछि उठायो गुल्मीका कोरोना संक्रमितको शव


काठमाडौं – बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाले व्यवस्थापन गरेको छ । गुल्मी मदाने गाउँपालिका पुर्कोटदहका संक्रमित शिक्षकको शव सेना र प्रहरीले शुक्रबार उठाएको हो ।

वैशाख ३१ गते रुपन्देहीको क्रिमशन अस्पतालमा भर्ना भएका उनलाई जेठ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । अस्पतालले बिहीबार बिहान ७ बजे उनलार्य मृत घोषित गरेको थियो ।

अस्पतालको आईसीयू कक्षमा रहेको उनको शव सेनाको पाँच जनाको प्राविधिक टोलीले र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट निकालेको हो । शबलाई विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्नूपर्ने विश्व स्वास्थ्य संगठनको प्रावधान भए पनि रुपन्देहीमा सो सुविधा नभएकाले व्यवस्थित तरिकाले शव व्यवस्थापन गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement