कोरोना भाइरस युरोप : नयाँ प्रतिबन्धात्मक व्यवस्था विरुद्ध प्रदर्शन


एजेन्सी – युरोपमा कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ । हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए । शनिबार रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते समेत भएका थिए । अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू निकै चिन्तित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement