वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तीलाई कोरोना संक्रमण


काठमाण्डु – वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका गायक महतले आफु र पत्नी दुबैलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । गायक महतले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement