जापानबाट एष्ट्राजेनेकाको ४ लाख डोज खोप नेपाल आइपुग्यो


काठमाण्डु- जापानबाट कोरोना भाइरसबिरुद्धको ४ लाख डोज शनिवार काठमाण्डु आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले दिन लागेको १६ लाखमध्ये ४ लाख डोज एष्ट्राजेनेका खोप कतार एयरवेजको विमानबाट आज बिहान खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

१६ लाख डोज खोपमध्ये आज झण्डै ४ लाख आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement